Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिचौलिया दिपक भट्टमाथि राज्यका चार निकायको संयुक्त छानबिन

बिचौलिया दिपक भट्टमाथि राज्यका चार निकायको संयुक्त छानबिन

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । विवादास्पद व्यापारी दिपक भट्टमाथि राज्यका चार निकायले एकैपटक छानबिन थालेका छन् । देशकै सबैभन्दा ठूला बिचौलियाका रुपमा चिनिएका भट्टमाथि हालको चुनावी सरकारले छानविन थालेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीकै निर्देशनमा भट्टमाथि छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नेतृत्वमा एक समिति बनेको छ ।

जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), राजश्व अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकका अधिकारी छन् । सो संयुक्त छानविन समितिले भट्टका कारोबारमाथि छानबिन थालेको छ ।

भट्ट देशकै ठूला बिचौलिया मानिन्छन् । सत्तामा जो आए पनि प्रधानमन्त्रीलाई नै प्रभावमा पारेर उनले नीतिगत चलखेल गर्दै आएको आरोप लागेको छ ।

यसअघि सरकारको समयमा उनले विभिन्न ठाउँमा आफु निकटस्थहरुलाई नियुक्ति समेत दिलाएका थिए । भट्टले पछिल्लो समय शंकर ग्रुपसँग मिलेर अनेक किसिमका आर्थिक अपराध गर्दै आएका छन् ।

राष्ट्र बैंककौ प्रारम्भिक छानविनमा उनले कारोबार शंकास्पद देखिएपछि छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचर भएको थियो।

सो छानबिन उनले केपी ओलीको पालामा दबाएका थिए । अहिले नयाँ सरकार बनेसँगै छानबिन अघि बढेको हो । यसमा उनको परिवारका अन्य सदस्य पनि तानिने सम्भावना छ ।

उनकी सासू अञ्जना नेपालको नाममा दर्ता गरिएको एलियन्ट ब्रोकरेज कम्पनीमा हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड रुपैयाँ जम्मा गरिएको विषयमा समेत छानबिन अघि बढेको छ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले भट्ट र उनको परिवारको बैंक खातामा अस्वाभाविक कारोबार पत्ता लगाएपछि दुई वर्षअघि नै पत्राचार गरेको थियो ।

भट्टको एकल स्वामित्वमा रहेको कम्पनी इन्फिनिटी होल्डिङ प्रालिको चुक्ता पुँजी एक वर्षमा तीन करोडबाट ४८ करोड पुर्‍याइएको थियो ।

०७७ असारमा सो कम्पनीको चुक्ता पुँजी तीन करोड रहेकोमा ०७८ असार मसान्तमा ४८ करोड पुगेको थियो । तर, भट्टले त्यसको आर्थिक स्रोत देखाउन सकेका छैनन् ।

भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिल्सको खाताबाट ४५ करोड जम्मा भएको थियो  । कम्पनीको खाताबाट सो रकम भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा गएको थियो  ।

जुन कारोबारको प्रयोजन र वास्तविक धनीको पहिचान नखुलेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ । सो रकमको स्रोतमा सिआइबी समेत खटिएको छ । तर, अपेक्षित रुपमा सिआइबीले अनुसन्धानमा गति लिन सकेको छैन ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेड र इन्फिनिटी होल्डिङ प्रालिबिचको करोडौँको कारोबार पनि खुलेको छैन । जगदम्बा र हिमालयन रिइन्स्योरेन्ससँग उनको कारोबार व्यवसायी कामबापतको भनेरसमेत उजुरी परेको थियो ।

हिमालयन रिइन्स्योरेन्स भट्टकै अग्रसरतामा खोलिएको कम्पनी हो । जगदम्बा स्टिल्सको खाताबाट उनले आर्थिक वर्ष ०७७/७८ मा ४८ करोड लिएकोमा पछि गायब बनाइएको थियो ।

भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालि र उनको व्यक्तिगत ओफरड्राफ्ट चल्ती खाताबाट शंकास्पद र अस्वाभाविक कारोबार देखिउकाले विस्तृत छानबिन हुन लागेको हो ।

५० लाख ऋणको सीमा रहेको उनको व्यक्तिगत खाताबाट १४ असार ०७८ देखि २३ असारको बिचमा ३० करोड १५ लाख ८७ हजार ७४७ रुपैयाँ जम्मा भएको थियो भने ४५ करोड चार लाख ४५ हजार ११० रुपैयाँ भुक्तानी भएको थियो ।

त्यस्तै, १७ असार ०७८ देखि ५ साउन ०७८ को बिचमा इन्फिनिटी होल्डिङको खातामा १८ करोड ४० लाख ९५ हजार ५६६ रुपैयाँ जम्मा र ६३ करोड ४० लाख ९३ लाख ८२९ रुपैयाँ भुक्तानी भएको थियो ।

जुन खाताको ऋण सीमा ४४ करोड रुपैयाँ छ । त्यस्तै, उनको नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा सोही वर्ष असार १३ देखि १६ गतेबिचमा जगदम्बा स्टिल्सबाट ४५ करोड जम्मा भएको थियो ।

ठूलो मात्रामा शंकास्पद कारोबार देखिएपछि राज्यका सबै निकाय मिलेर छानविन थालेका हुन्। तर, छानविन रोक्न भट्टले सुशीला कार्कीसम्म पहुँच पुर्‍याएको चर्चा छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077