काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज दाङको देउखुरीमा एकता सन्देश सभा गर्दैछ ।
शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले शनिबार लुम्बिनी प्रदेशमा कार्यक्रम गर्न लागेको हो ।
सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
नेकपाले अब गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते, कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभा गर्नेछ ।