Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हङकङको अपार्टमेन्ट आगलागीमा मृतकको संख्या ४४ पुग्यो, २७९ बेपत्ता

हङकङको अपार्टमेन्ट आगलागीमा मृतकको संख्या ४४ पुग्यो, २७९ बेपत्ता

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । हङकङको ताई पो जिल्लाका विभिन्न अग्ला अपार्टमेन्टहरूमा भएको भीषण आगलागीमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने २७९ जना व्यक्ति अझै सम्पर्कविहीन छन् ।

बीबीसीका अनुसार उक्त घटनामा ४५ गम्भीर घाइते भएका छन् ।

वांग फुक कोर्ट भन्ने स्थानका आठवटा भवनमा आगलागी भएको हो । उक्त आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन् ।

बिहानसम्म पनि केही भवनहरूबाट धुवाँ आइरहेको छ । चारवटामा आगो नियन्त्रणमा रहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077