Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

आज निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यले दल दर्ताको निवेदन दिएका हुन् ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै दल दर्ता गरिसकेको छ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन ।

प्रतिनिधिसभा पुनस् स्थापना हुनुपर्ने माग गर्दै आएको एमालेले अनततस् दल दर्ता गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय रहेकोमा अहिलेसम्म ६६ दल दर्ता भएको आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077