काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार विध्वंसको जगमा बनेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौको भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
अहिलेको सरकार निर्वाचन गराउने बाटोमा नभएको बताउदै पोखरेलले भने- 'विध्वंसको जगमा खडा भएको सरकार चुनावको कुरा गर्छ । म बताउन चाहन्छु, अहिलेको सरकार के चुनाव गराउने बाटोमा अघि बढेको छ ? छैन ।'
उनले राज्यविहीनताको जगमा भएको परिवर्तनका रूपमा यसलाई लिनुपर्ने बताए
पोखरेलले थपे- '२३ र २४ गतेको दिन जति मानिसहरू सडकमा आएर विध्वंस मच्चाए, त्यसको चार गुणा धेरै मानिसहरू एकल आह्वानमा सडकमा आइसकेका छन् । यो परिवर्तन जनताको परिवर्तन जनताको परिवर्तन होइन, जनताको परिवर्तन हुन्थ्यो भने जनताको सहभागिता हुन्थ्यो । यो त आतंकद्वारा गरिएको परिवर्तन हो । हिंसाद्वारा गरिएको परिवर्तन हो ।'
साथै, उनले प्रहरीको मनोबल बढाउन र सक्षम बनाउने कुरामा सरकार असफल भएको बताए ।