Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि ३७ दल दर्ता, कांग्रेस-एमाले बाँकी

प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि ३७ दल दर्ता, कांग्रेस-एमाले बाँकी

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि ३७ वटा दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जानकारी गराएको हो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देश भक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत रहेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले लगायतका दलहरू भने प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा जान बाँकी छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा हालसम्म दर्ता भएका दलको संख्या भने १२६ रहेको जानकारी दिए । १२६ मध्ये ३७ दलले प्रतिनिधि सभाको चुनाव लड्ने गरी दल दर्ता गरेका हुन् । बाँकी ३० वटा दल दर्ता प्रक्रियामा रहेका छन् ।

यही मंसिर १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय तय भएको छ ।

निर्वाचनका लागि सुरक्षा, व्यवस्थापकीय लगायतका कामलाई कार्ययोजना बनाएर नै काम गरिरहेको पनि आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077