Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपद् उद्धारमा ज्यान गुमाउने सशस्त्र प्रहरीको एक तह बढुवा र परिवारलाई पेन्सन

विपद् उद्धारमा ज्यान गुमाउने सशस्त्र प्रहरीको एक तह बढुवा र परिवारलाई पेन्सन

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । विपद् उद्धार कार्यमा खटिँदा ज्यान गुमाउने सशस्त्र प्रहरीका कर्मचारीका परिवारलाई अब पेन्सन सुविधा प्राप्त हुने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयसँगै यस्तो अवस्थामा एक तह बढुवाको व्यवस्था पनि लागू भएको छ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन पारित गर्दै पूर्व विद्यमान संरचनामा महत्वपूर्ण सुधार गरेको हो ।

संशोधनभन्दा अघि मुठभेड, आक्रमण, विस्फोट वा हतियारधारी समूहविरुद्धका कारबाहीका क्रममा ज्यान गएमा मात्र यस्तो सुविधा दिने प्रावधान थियो ।

नयाँ व्यवस्थाअनुसार विपद् व्यवस्थापन तथा उद्धारका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका आश्रित परिवारले पनि समान सुविधा पाउनेछन्। यो निर्णयले विपद् मोर्चामा खटिने सुरक्षाकर्मीहरूको मनोबल बढाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077