Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेन्डा ?

एमाले सचिवालय बैठक बस्दै, के-के छन् एजेन्डा ?

बिहिवार , मंसिर ४, २०८२

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकले महाधिवेशन सम्बन्धी निर्णय गर्नेछ । ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक डाकेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ । यस लागि एमालेले मंसिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दैछ ।

त्यसबाहेक पार्टीले शनिबार काठमाडौँमा गर्ने प्रदर्शनबारेमा समेत बैठकमा छलफल हुनेछ । एमालेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने मोडमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077