Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीमा तीन डीआईजी दरबन्दी थप, कानुन महाशाखा अब निर्देशनालय बन्ने

सशस्त्र प्रहरीमा तीन डीआईजी दरबन्दी थप, कानुन महाशाखा अब निर्देशनालय बन्ने

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी थप गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीका अतिरिक्त दरबन्दी स्वीकृत गर्दै संगठनलाई थप प्राविधिक तथा संरचनात्मक रूपमा सुदृढ बनाउने निर्णय गरेको हो ।

यसअघि सशस्त्र प्रहरीमा २ जना प्राविधिकसहित १८ जना डीआईजी दरबन्दी थिए । नयाँ तीन दरबन्दी थपिएसँगै अब डीआईजीको संख्या २१ पुगेको छ।

थपिएको दरबन्दीमध्ये एक जना डीआईजी सशस्त्र प्रहरीको कानुन महाशाखामा रहनेछन् । कानुन महाशाखालाई निर्देशनालयमा रूपान्तरण गर्ने निर्णयसँगै अब यसका प्रमुख डीआईजी रहनेछन् । यसअघि सो महाशाखाको नेतृत्व एसएसपीले गर्दै आएका थिए।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा समेत एक डीआईजीको नयाँ दरबन्दी थपिएको छ । यस ब्युरोमा पनि एसएसपी नै प्रमुख रहने व्यवस्था थियो ।

थप गरिएको तेस्रो डीआईजी दरबन्दी सशस्त्र प्रहरी मुख्यालयअन्तर्गत कार्य तथा प्रशासन विभागमा रहनेछ । मन्त्रिपरिषद् बैठकले निलबाराही गणलाई दंगा नियन्त्रण गणका रूपमा पुनर्संरचना गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077