Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेत बारा आउने भएपछि जेनजीले घेरे विमानस्थल, कालोमोसो दलेर बजार घुमाउने योजना

महेश बस्नेत बारा आउने भएपछि जेनजीले घेरे विमानस्थल, कालोमोसो दलेर बजार घुमाउने योजना

बुधवार , मंसिर ३, २०८२

बारा । नेकपा एमालेका नेता महेश बस्नेत मधेस प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउँदैछन् भन्ने सूचना पाएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेका छन्।

एमालेका महासचिव शंकर पोखरेल, युवा इञ्चार्ज महेश बस्नेतसहितका नेता बारा आउने कार्यतालिका सार्वजनिक भएपछि जेनजी समूहले कडा असन्तुष्टि जनाउँदै विरोध शुरू गरेका हुन्।

सिमरास्थित विमानस्थल बाहिर जेनजी समूहका युवाहरूले घेराबन्दी गर्दै विरोध प्रदर्शन चर्काएका छन्।

युवा समूहका अनुसार जेनजी आन्दोलनका क्रममा विमानस्थलमा गरिएको दमन अझै ताजा रहँदा बस्नेतको आगमन स्वीकार्य नभएको उनीहरूको तर्क छ।

बस्नेतको स्वागतका लागि विमानस्थलमा पूर्वमन्त्री एवम् एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली लगायतका नेता उपस्थित भइरहेका छन्।

यता काठमाडौंबाट निर्धारित समयमै उडानका निम्ति धावनमार्गतर्फ अगाडि बढेको बुद्ध एयरको जहाज पार्किङतिरै फर्किएको छ ।

बोर्डिङ लिएर प्लेनमा बसिसकेपछि उता विरोधको खबर आएकाले आफूहरुलाई प्लेनबाट ओरालिएको पत्रकार एवं मानवअधिकारकर्मी राजन कुँइकेल बताएका छन् ।

उनका अनुसार दिउँसो साढे १ बजेका लागि टिकट सारिएको छ ।

प्रहरी स्रोतका अनुसार एमालेका नेताहरु विमानबाट ओर्लिने बित्तिकै कालोमोसो दलेर बजार घुमाउने योजना जेनजी समूहले बनाएको र यथेष्ट सुरक्षा व्यवस्था नभएसम्म त्यहाँ नआउन भनिएको छ ।

यसै विष्यमा विमानस्थलमा जेनजी समूह र प्रहरीबीच झुडप भएको छ। प्रदर्शन रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झडप भएको हो। अहिले विमानस्थलमा जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली तैनाथ छ।

थप विरोध र तोडफोड हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल आसपास क्षेत्रमा राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077