Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री निरन्तर निर्वाचनलक्षित संवादमा, तर प्राथमिकतामा छैन दलीय संवाद

प्रधानमन्त्री निरन्तर निर्वाचनलक्षित संवादमा, तर प्राथमिकतामा छैन दलीय संवाद

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदै छ । सरकारसहित निर्वाचन आयोग त्यसको आन्तरिक तयारीमा तीव्र रूपमा लागेका छन् ।

तर, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र निर्वाचनमा सहभागी हुने दलहरूसँगको छलफल नै छैन । निर्वाचनअघि प्रधानमन्त्री र प्रमुख दलसहित शीर्ष नेताहरूका बीचमा छलफल घनिभूत रूपमा हुनुपर्ने थियो ।

निर्वाचनको विभिन्न पक्षका विषयमा छलफल गर्दै आइपर्ने समस्या एवं बाधाका ’दयगतमा निरन्तर छलफल हुनुपर्नेमा प्रधानमन्त्री दलहरूसँगको संवाद छाडेर दलदलमा परेको देखिन्छ ।

‘प्रधानमन्त्री सुशीला कार्की र दल एवं शीर्ष नेताहरूका बीचको छलफल निरन्तर एवं बाक्लो रूपमा हुनुपथ्र्यो तर त्यस्तो छैन, प्रधानमन्त्री कहिले कसलाई, कहिले कसलाई भेट्ने तर निर्वाचनसँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक दलका नेताहरूसँग नै उहाँको भेटघाट छैन,’ एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले भने ।

सरकारले निर्वाचन गराउनेभन्दा पनि निर्वाचन कसरी हुन्छ बिथोल्ने र आफ्नो आयु लब्याउने काममा लागेको टिप्पणी तामाङको छ । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077