Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका गणदेखि बीओपीसम्म सेटिङ, पर्साका नाकाहरुबाट तस्करी !

सशस्त्रका गणदेखि बीओपीसम्म सेटिङ, पर्साका नाकाहरुबाट तस्करी !

शनिवार , कार्तिक २९, २०८२

पर्सा । पर्साका नाकाहरुबाट सशस्त्र प्रहरीकै सेटिङमा व्यापक तस्करी भइरहेको छ । पर्साका भिस्वा, सबैठा, भिखमपुर, पोखरिया, अमरपट्टि र अलौबाट भन्सारछलीका सामान ओसारपसार हुने गरेको छ ।

पर्साका नाकाहरुबाट तस्करीको नेटवर्क डीएसपी बिष्णुराज उप्रेती र सई तोयनाथ आचार्यले गर्दै आएको आरोप लागेको छ । ब्यापारीहरुले नाकामा रहेका प्रस्तावित गुल्मका गुल्मपति र बीओपीका इन्चार्जलाई समेत सेटिङ गरी पछिल्लो समय तस्करीको लाइन चलाउने छुट पाएका छन् ।

भिस्वा नाकाबाट मुना जयसवालले सुपारी, चिनियाँ स्याउ, काँक्राको बियाँ भारततर्फ लाने गरेका छन् । दैनिक १० ट्याक्टरसम्म मुनाले नेपालबाट भारततर्फ भन्सारछलीका सामान लाने गरेका छन् ।

प्रस्तावित लहार थकरी गुल्म अन्तर्गतको सबैठा नाकाबाट मुमताज आलम र अमर देवले तस्करीको लाइन पाएका छन् । देवले सख्खर भारतबाट ल्याउने गरेका छन् । लहार थकरी गुल्मका इन्चार्ज महेश खरेल र इन्स्पेक्टर रोशन त्रिनेत छन् ।

भिखमपुर नाकाबाट सरोज साहले १० वटा मोटरसाइकलमा कपडा र फाइटर ग्रुपले किराना सामान भारतबाट ल्याउने लाइन पाएको छ । भिखमपुर बीओपी इन्चार्जसँग सेटिङ मिलाएर तस्करी हुने गरेको छ ।

पोखरियाबाट अदालत मियाँले चल्ला ल्याउने गरेका छन् । अमरपट्टि र अलौबाट तारेकेश्वर साहले रजनीगन्धा ल्याउने गरेका छन् । भुवन यादवले दैनिक ५ पिकअप भैंसी र राँगा भारतबाट नेपालमा ल्याउने र नेपालकै भनेर काठमाडौंदेखि विभिन्न सहरमा पठाउने गरेका छन् ।

धनन्जय पटेल र स्वरुप साहले चल्ला ल्याउने गरेका छन् । सुख्खा बन्दरगाहसँगै रहेको प्रस्तावित गुल्म अलौका इन्चार्ज डीएसपी सुरज कार्की र अमरपट्टि बीओपीका इन्स्पेक्टर किसन केसी छन् ।

पर्साका यी नाकाबाट तस्करीको सम्पूर्ण सेटिङ मिलाउने काम सशस्त्र प्रहरी बलका डीएसपी बिष्णुराज उप्रेती र उनका निकट सई तोयनाथ आचार्यले गर्दैआएका छन् । उप्रेती र आचार्य दुबैको घर रौतहट भएको र गुरुचेलाजस्तै मानिन्छन् ।

तोयनाथ ४० नम्बर गणबाट खटिएकाले त्यहाँका गणपति नवराज थापालाई बुझाउनुपर्छ भनेरसमेत ब्यापारीबाट संकलन गर्ने गरेको आरोप छ ।

सशस्त्र प्रहरी गण नम्बर १३ बाट खटिने घुमुवाको टोली छ जसका कमाण्डर डीएसपी उप्रेती हुन् । घुमुवा टोलीमा इन्स्पेक्टर प्रकाश मल्ल, असई संजीव यादव, असई बीरेन्द्र यादव, बरिष्ठ हवल्दार नेत्र कठायत, बरिष्ठ हवल्दार उत्तर कठायत, हवल्दार दीपक टमाटा र हवल्दार जनकराज भट्ट छन् ।

यिनीहरुको सबैको कमाण्ड गर्ने तस्करीको नेटवर्क संचालन डीएसपी बिष्णुराज उप्रेती र सई तोयनाथ आचायले गर्दछन् ।
१३ नम्बर गण पर्साका एसपी पूरनचन्द भट्ट छन् ।

उनी देखावटी रुपमा त भन्सारछली तस्करी नगर्ने भन्ने गर्दछन् । तर घुमुवा टोलीमा भने सबै आफ्नै भूगोलका टोली खटाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077