Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभाका लागि मंसिर १ देखि ७ गतेसम्म र प्रतिनिधिसभाका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता खुला गरेको हो ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचन माघ ११ प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तोकिइसकेको छ । फागुन २० गतेदेखि राष्ट्रियसभामा एक तिहाइ सदस्य रिक्त, हुने भएकाले माघ ११ का लागि निर्वाचन मिति तोकिएको हो ।

निर्वाचनमा भाग लिन चाहने दलहरूले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित आयोगमा निवेदन पेस गर्न भनिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077