Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लय समाउँदै निर्वाचन आयोग : सुरक्षा रणनीति तयार, म्यादी प्रहरी भर्नाको तयारी

लय समाउँदै निर्वाचन आयोग : सुरक्षा रणनीति तयार, म्यादी प्रहरी भर्नाको तयारी

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । सरकारले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन तयारीलाई तीव्र बनाएको छ ।

प्रविधिमैत्री तयारी गरिरहेको निर्वाचन आयोगले मतदाता नामावलीसमेत अब प्रविधिमैत्री बनाउने भएको छ ।

बिहीबारबाट मतदाता नामावलीसमेत अनलाइनबाट घरमै बसेर गर्न सकिने व्यवस्थासहित प्रविधिमैत्री बनाइएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

निर्वाचन आयोगले निर्वाचनको तयारीका ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलका क्रममा ६० प्रतिशतभन्दा बढी काम सकिएको र प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको जानकारी गराएको छ । राजधानी दैनिकबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077