काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी मनोनयन मिति माघ ६ गते प्रस्ताव गरेको छ।
आयोगले बिहीबार प्रमुख राजनीतिक दलहरूसँग गरेको छलफलमा सो मिति प्रस्तुत गरेको हो ।
तर दलहरूले प्रस्तावित मितिमा पूर्ण सहमति जनाउन सकेका छैनन्। केही दलले प्रचारप्रसारको समय पर्याप्त नहुने भन्दै पुनर्विचार गर्न सुझाव दिएका छन्।
यसअघि आयोगले समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पुस १८ र १९ गते पेस गर्ने मिति सार्वजनिक गरिसकेको थियो। तर, सो मितिमा पनि केही दलहरूको सुझावका आधारमा परिमार्जन गर्न सकिने संकेत आयोगले दिएको छ ।