Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीका माग पूरा नभएसम्म निर्वाचन असम्भव: सुदन गुरुङ

जेनजीका माग पूरा नभएसम्म निर्वाचन असम्भव: सुदन गुरुङ

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका मागहरु पूरा नभइकन निर्वाचन सम्भव नभएको बताएका छन् ।

बिहीबार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने क्रममा त्यहाँ पुग्दा उनले यस्तो टिप्पणी गरेका हुन् ।

गुरुङले केही बाहेकका सबै जेनजीहरू एकजुट रहेको भन्दै माग पूरा नभए अर्को आन्दोलन सुरु हुने चेतावनी दिए ।

उनले भने- 'समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ, उहाँहरुलाई पनि बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ ?'

उनले गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका हरेक वार्तामा संलग्न रही माग पूरा हुने आश्वासन दिएको भए पनि व्यवहारमा कुनै प्रगति नभएको आरोप लगाए ।

गुरुङले भने- 'गृहमन्त्रीज्यू हामीसँग जंगीअड्डा र राष्ट्रपति कार्यालयमा पनि सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ, हुँदैन भन्ने उहाँलाई थाहा थिएन र ? अहिले आएर चुनाव-चुनाव भन्नुहुन्छ, यो त हामीलाई धोका दिनु हो ।'

उनले गृहमन्त्रीले जेनजीका माग पूरा नगरी निर्वाचनको तयारीमा लाग्नु ‘विश्वासघात’ हुने ठहर समेत गरे ।

जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास उनले दिलाएका भए पनि त्यसानुसार काम नभएको गुरुङको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077