Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त आईजीपी कार्कीले गरे खापुङलाई बिदाइ

नवनियुक्त आईजीपी कार्कीले गरे खापुङलाई बिदाइ

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ, प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई ३० वर्षे सेवा अवधि पूरा गरी बुधबार सम्मानपूर्वक बिदाइ गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुभकामना सहित उनीहरुलाई बिदाइ गरेका हुन ।

समारोहलाई सम्बोधन गर्दै अवकाशोन्मुख महानिरीक्षक खापुङले नेपालको राजनीतिक संक्रमणकालीन अवस्थामा प्रहरी संगठनको मनोबल उच्च राख्दै, संस्थाको अस्तित्व र प्रतिष्ठा जोगाउन आफूले सक्दो योगदान दिएको बताए ।

उनले संगठनभित्र भाइचारा, एकता र अपनत्वभाव कायम गर्न गरेको प्रयासबारे स्मरण गर्दै, नयाँ नेतृत्व र सबै प्रहरी सदस्यहरू मिलेर संगठनलाई अझ सुदृढ र सक्षम बनाउने अपेक्षा व्यक्त गरे ।

खापुङले नवनियुक्त आईजीपी कार्कीलाई बधाई दिँदै उहाँ व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी नेतृत्वका धनी भएको बताए । 'उहाँको नेतृत्वमा नेपाल प्रहरी नयाँ उचाइमा पुग्नेछ भन्ने दृढ विश्वास छ,' उनले भने ।

कार्यक्रमका क्रममा आईजीपी खापुङले आफ्नो कार्यकालमा सम्पन्न उल्लेखनीय कार्यहरू र प्रगतिहरू समेटिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त आईजीपी कार्कीलाई हस्तान्तरण गरे ।

त्यस अवसरमा आईजीपी कार्कीले सेवा अवधि पूरा गरी अवकाश लिन लाग्नुभएका वरिष्ठ अधिकृतहरूलाई हार्दिक बधाई दिँदै अग्रजहरूले थालनी गर्नुभएको मौलिक कार्य र मूल्य–मान्यतालाई निरन्तरता दिँदै संगठनलाई अझ सबल बनाउने प्रतिबद्वता व्यक्त गरे ।

उनले सेवा निवृत्त अधिकृतहरूबाट भविष्यमा पनि रणनीतिक सुझाव र सकारात्मक सल्लाह प्राप्त हुने विश्वास व्यक्त गरे ।

समारोहमा आईजीपी खापुङकी श्रीमती तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङलाई पनि शुभकामना सहित बिदाइ गरिएको छ । उनलाई नव नियुक्त श्रीमती संघकी अध्यक्ष नविना कार्कीले बिदाइ गरिन ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत र जवानहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077