Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपी खापुङले भने – कानून कार्यान्वयन गर्न र विध्वंस रोक्न बल प्रयोग गर्न नपाउने हो भने प्रहरी संरचना नराखे हुन्छ

आईजीपी खापुङले भने – कानून कार्यान्वयन गर्न र विध्वंस रोक्न बल प्रयोग गर्न नपाउने हो भने प्रहरी संरचना नराखे हुन्छ

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटजस्ता घटनाले देशमा आतंकवादलाई प्रश्रय दिने बताएका छन् ।

एक टेलिभिजनमा दिएको विशेष अन्तर्वार्तामा आईजीपी खापुङले पछिल्ला आन्दोलनका घटनालाई विश्लेषण गर्दै भने, 'राजनीतिक आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना हो। जब तपाईंको घर सुरक्षित छैन, मेरो घर सुरक्षित छैन भने त्यो आतंकवादको सुरूआत हो।'

उनले भदौ २३ गतेको घटनामा गोली चलाउने परिस्थितिबारे स्पष्ट पार्दै प्रहरीलाई अनावश्यक रूपमा दोषारोप गर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरे।

'त्यो दिन गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले दिएका थिएनन्। कानूनमा पनि त्यस्तो व्यवस्था छैन,' उनले भने, 'संसद भवन फोडेर भित्र छिर्दै आगजनी गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपर्‍यो। केही गर्दा पनि छानबिन हुन्छ, नगर्दा पनि हुन्छ — यसले नीति र कानूनी स्पष्टताको आवश्यकता देखाएको छ।'

आईजीपी खापुङले प्रहरी बलमाथि निरन्तर प्रश्न उठाइने प्रवृत्तिले सुरक्षाकर्मीको मनोबल कमजोर बनाइरहेको उल्लेख गर्दै भने, 'आज मेरा प्रहरीले पानी खान नपाएर पनि काम गरिरहेका छन्। जसले देश जोगाउन भोकभोकै लड्छ, उसैले बयानका लागि धाउनुपर्ने अवस्था छ। ती सिपाहीहरूको आवाज कोले बोल्ने ?'

उनले संसद भवन र सिंहदरबारजस्ता संवेदनशील संरचना जोगाउन तैनाथ विशेष फोर्सलाई कानूनी रूपमा गोली चलाउने अधिकार रहेको उल्लेख गर्दै प्रहरीको भूमिकालाई अपराधीकरण गर्न नहुने बताए।

साथै, आईजीपी खापुङले सामाजिक सञ्जालमार्फत घृणा र हिंसाको प्रचार फैलाउने प्रवृत्ति प्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले भने, 'यदि आम सोसल मिडियाबाट मानिसको दिमागमा विध्वंशको बारुद भरिँदै जाने हो भने देश, समाज र हामी नै रहँदैनौं। त्यसैले सबै नागरिकले संयम र जिम्मेवारीका साथ देशलाई अगाडि राख्नुपर्छ।'

उनले आन्दोलनकारीहरूले निहत्था प्रहरीलाई कुटपिट, घिसार्ने र घोचेर मार्ने जस्ता घटनाप्रति पनि आक्रोश प्रकट गर्दै भने, “जब निहत्था प्रहरीलाई नै मारिन्छ र त्यसपछि पनि प्रश्न प्रहरीमाथि नै उठाइन्छ, त्यस्तो समाज सुरक्षित हुन सक्दैन।”

आईजीपी खापुङले भने, 'हामीले कानूनी राज्य चाहेका हौं, अराजकता होइन। संयमित आन्दोलन, संवाद र शान्तिपूर्ण अभिव्यक्तिले मात्र लोकतन्त्र बलियो हुन्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077