Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीसँग प्रहरी प्रमुख खापुङको बिदाइ भेट, भोलिदेखि कार्कीले सम्हाल्ने नेतृत्व

प्रधानमन्त्रीसँग प्रहरी प्रमुख खापुङको बिदाइ भेट, भोलिदेखि कार्कीले सम्हाल्ने नेतृत्व

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार प्रधानमन्त्री कार्कीसँग खापुङले बिदाइ भेट गरेका हुन् । बिदाइ भेटका क्रममा खापुङसँगै उनका उत्तराधिकारी दानबहादुर कार्की पनि उपस्थित थिए ।

भेटका क्रममा खापुङले आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरू, संगठन सुदृढीकरणका प्रयास र सुधारका प्राथमिकताहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री कार्कीले खापुङको नेतृत्वमा नेपाल प्रहरीले अपराध नियन्त्रण, सार्वजनिक सुरक्षाको सुदृढीकरण र समुदाय–मैत्रीमा देखाएको योगदानको प्रशंसा गरेकी छन् ।

सो अवसरमा मुख्यसचिव एकनारायण अर्याल पनि उपस्थित रहेका थिए । आईजीपी खापुङ आज रातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

भोलिबाट दानबहादुर कार्कीले नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने छन् । उनलाई सरकारले आईजीपीमा नियुक्त गरिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077