काठमाडौै । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले केपी ओलीको अहङ्कारले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन भएको आरोप लगाएका छन् ।
बुधबार राष्ट्रिय सभामा आयोजित एकता समायोजन कार्यक्रममा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुनु ।
उनले भने- 'एक जनाको अहङ्कार, सत्ता स्वार्थ, विरोधीको साथमा सत्ता लिप्लामा लागेर नेकपा ध्वस्त पारेको दुःखद क्षण सम्झेको छु ।
कम्युनिस्ट पार्टी त बनाएकै थियौ। केपी ओली दुई तिहाइको बहुमतको प्रधानमन्त्री र त्यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । मलाई पनि लागेको थियो- अब देश समृद्धितिर जानेछ। हेर्नुस् त दुई तिहाइ बहुमत भएको प्रधानमन्त्रीले त प्रतिनिधिसभा विघटन पो गरेछन्।सर्वोच्चले भन्यो- संविधान विपरीत भयो। त्यो कुरा पनि सुन्नुभएन दोस्रोपटक फेरि प्रतिनिधिसभा विघटन गर्नुभयो ।'
केपी ओलीभन्दा गद्दारी अरु कोही नभएको उनले बताए । साथै नेकपालाई ओलीले नै धारासाही पारेको उनको भनाई थियो ।