Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

एमाले केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।

पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भई सुदूरपश्चिम प्रदेश सभा सदस्य, एमाले संसदीय दलको नेता, करिब चार वर्ष अवधि आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला मन्त्री रहेका शाह एमालेमा लगातार दुई पटक केन्द्रीय निर्वाचित नेता हुन् ।

एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्षसमेत भएका थिए ।

यसअघि भीम रावललाई नेकपा एमालेले कारबाही गरेपछि उनी पनि रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा जोडिएका थिए ।

त्यसैले रावलसंगै शाह पनि नेकपा प्रवेश गरेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077