Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको हत्या आरोपमा थप एकजना पक्राउ, पेस्तोल र गोली पनि बरामद

प्रहरीको हत्या आरोपमा थप एकजना पक्राउ, पेस्तोल र गोली पनि बरामद

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भएको आगजनी, लुटपाट र प्रहरी हत्या घटनामा संलग्न एक युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोजपुरको साल्पा सिलिचो गाउँपालिका–२, दोभाने निवासी ३६ वर्षीय इन्द्रबहादुर राईलाई शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिइएको हो । हाल उनी काठमाडौं महानगरपालिका–१६, पवित्रनगरमा बस्दै आएका थिए ।

राईको डेरामा खानतलासी गर्दा प्रहरीले टाइप–५४ पेस्तोल, म्याग्जिनमा रहेका ७ राउन्ड गोली, आन्दोलनको दिन लगाएको कपडा र जुत्ता बरामद गरेको जनाएको छ ।

गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा भीडले आगजनी र लुटपाट गरेको थियो । योसँगै प्रहरीको हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । जसमध्ये सात जना पुर्पक्षका लागि थुनामा छन् ।

भदौ २४ गते महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077