Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको संयोजकमा घनश्याम भुसाल, राष्ट्रिय भेला मंसिर पहिलो साता

एकीकृत समाजवादीको संयोजकमा घनश्याम भुसाल, राष्ट्रिय भेला मंसिर पहिलो साता

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । माओवादीसहितका १० वाम गठबन्धनसँगको एकता प्रक्रियामा सहभागी नभएका घनश्याम भुसाललाई एकीकृत समाजवादीले पार्टीको संयोजक बनाएको छ।

शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको ‘भर्चुअल’ बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो।

जुम बैठकमा एकता प्रक्रियामा सहभागी नभएका नेकपा समाजवादीका ६७ जना केन्द्रीय सदस्यको सहभागीता रहेको भूसालले जानकारी दिए।

यही कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वाम गठबन्धनबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टीको घोषणा हुँदा नेता भुसाल त्यसमा सहभागी भएका थिएनन्।

अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि विमति जनाउँदै भुसालले पार्टी पुनर्गठन गर्ने बताएका थिए।

बैठकले विभिन्न पार्टीसँग वार्ता गर्ने जिम्मा भुसाललाई दिएको छ।

यसैगरी जुम बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने पनि निर्णय गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077