Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा संलग्न चारजना पक्राउ, ५ फरार कैदी पनि समातिए

जेनजी आन्दोलनमा संलग्न चारजना पक्राउ, ५ फरार कैदी पनि समातिए

शुक्रवार , कार्तिक २१, २०८२

भक्तपुर । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न चार जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर थिमी नगरपालिका क्षेत्रका विभिन्न स्थानमा सरकारी कार्यालय र प्रहरी कार्यालयमा गरिएको तोडफोड र आगजनी प्रकरणमा उनीहरू संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, कपिलबस्तु घर भई हाल भक्तपुर सानोठीमी बस्ने २३ वर्षीय सागर मगर, रामेछाप खाँडादेवी गाउँपालिका–६ का १९ वर्षीय हिमाल श्रेष्ठ, र रौतहट दुर्गा भगवती गाउँपालिका–१ घर भई हाल भक्तपुर सानोठीमी बस्ने २४ वर्षीय संजित कुमार ठाकुर छन् ।

उनीहरूलाई प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। पक्राउ परेकामाथि आगजनी, तोडफोड र सार्वजनिक सम्पत्ति क्षतिको आरोपमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

साथै, जेनजी आन्दोलनकै क्रममा फरार भएका थप पाँच जना कैदी बन्दीलाई पनि प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ती कैदीहरूलाई पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077