Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँचबुझ आयोग समक्ष डीएसपी तिवारीको बयान- सबै काम माथिल्लो कमाण्डको आदेशमा भएको हो

जाँचबुझ आयोग समक्ष डीएसपी तिवारीको बयान- सबै काम माथिल्लो कमाण्डको आदेशमा भएको हो

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगलाई काठमाडौं प्रहरीका अपरेशन कमाण्डर डीएसपी सुन्दर तिवारीले बिहीबार बयान दिएका छन्।

आयोग स्रोतका अनुसार, तिवारीले आफ्नो सम्पूर्ण कार्य संगठनको नीति र निर्देशनअनुसार मात्रै गरेको र व्यक्तिगत तजबिजमा कुनै निर्णय नगरेको बताएका छन् ।

उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो- 'सुरुवाती चरणमा ‘विद्यार्थीहरूको जुलुस हो, शान्तिपूर्ण गर्ने भनेका छन् भनेर हामी ढुक्क थियौँ, त्यहीँअनुसार जनशक्ति परिचालन भएको थियो । एभरेष्ट होटल अगाडिको ब्यारिकेट तोडिएपछि र भिड संसद भवनतर्फ अघि बढ्न थालेपछि मात्र बल प्रयोग गर्नुपरेको हो ।'

तिवारीका अनुसार, प्रहरीले सुरुवातमा माइकिङ गरेर चेतावनी दिएको, त्यसपछि अश्रुग्यास प्रहार गरिएको र अन्ततः घुँडामुनि लक्षित गरी रबरको गोली प्रयोग गरिएको थियो। भिडले संसद भवनतर्फ धक्का दिने, पर्खाल र गेट तोड्ने प्रयास गरेपछि मात्रै गोली चलाइएको उनले बताएका छन्।

गोली प्रहार गर्ने प्रहरी काठमाडौं जिल्ला प्रहरी परिसरका नभई अन्य सुरक्षा टोलीका सदस्य भएको संकेत पनि उनले गरेका छन्। उनका अनुसार, संसद भवन जिल्ला प्रहरी परिसरको कार्यक्षेत्रभित्र नपर्ने भएकाले सो क्षेत्रमा आफ्नो टोलीले बल प्रयोग नगरेको हो।

तिवारीले सबै कार्यवाही माथिल्लो कमाण्डको आदेशअनुसार गरिएको दाबी गर्दै भनेका छन्— कतिपय आदेश सञ्चार सेटमार्फत् आएका थिए भने केही निर्देशन मोबाइल फोनमार्फत् प्राप्त भएका थिए। उनका अनुसार, ती आदेशहरूको ध्वनि रेकर्ड उपत्यका प्रहरी कन्ट्रोल रुममा सुरक्षित छन्, जसको परीक्षणले आफ्ना भनाइहरूको पुष्टि गर्न सकिने उनको दावी रहेको स्रोतले जनाएको छ ।

यस्तै जेनजी आन्दोलन जाँचबुझ आयोगले डीएसपी तिवारीको बिहीबार दिएको बयानपछि आज काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरा लाई बयानका निम्ति बोलाएको छ ।

यसपछि तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी र उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीसँग बयान लिने गरी तालिका बनाइएको स्रोतले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077