Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अझै सकिएन जाँचबुझ आयोगको काम, दोस्रो पटक म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा

अझै सकिएन जाँचबुझ आयोगको काम, दोस्रो पटक म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा

बुधवार , माघ ७, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको दोस्रो पटक म्याद थप्ने तयारी भएको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोग गठन गर्दा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । गत असोज ८ गतेदेखि काम थालेको आयोगले तोकिएको तीन महिना सकिएपछि पुसमा एक महिना थपिएको थियो ।

पछिल्लो पटक थपिएको म्याद पनि यही माघ ८ गते बिहीबार सकिँदै छ । बढाइएको अवधिमा पनि काम नसकिएको भन्दै आयोगले अरू १५,२० दिन म्याद बढाउन आग्रह गरेको हो । आयोग स्रोतकाअनुसार, प्रतिवेदन लेखनको काम अझै बाँकी रहेकाले दुई साताका निम्ति पुनः म्याद बढाउन सोमबार  मन्त्रिपरिषद्समक्ष प्रस्ताव गरिएको छ ।

कार्की नेतृत्वको आयोगलाई भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने कार्यादेश तोकिएको छ । जसका लागि आयोगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न १०० भन्दा बढी व्यक्तिसँग बयान लिएको छ ।

आयोगले जेनजी आन्दोलनमा भएको हत्या, तोडफोड, आगजनीलगायत विषयमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा प्रमुखहरू, मुख्यसचिव, सचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख, सुरक्षामा खटिएका कमान्डर र अभियन्तासँग समेत बयान लिएको थियो ।

आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने दुई हजार ४२९ जना घाइते भएका थिए ।

तोडफोड, आगजनीसहितका विध्वंसात्मक कार्यबाट सार्वजनिक तथा निजी क्षेत्रमा गरी ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारी अनुमान छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077