काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्ने मागसँग असहमति जनाउँदै आफू नागरिक सरकारको पक्षमा रहेको बताएकी छन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले लेखेकी छन्, 'हामी नागरिक सरकारको पक्षमा छौँ, तर खबरदारी निरन्तर गर्छौँ। गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ।'
हाल गृहमन्त्री अर्यालमाथि राजीनामाको दबाब तीव्र बनेको छ। विशेषतः काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गृह प्रशासनप्रति असन्तुष्टि जनाउँदै उनलाई हटाउन प्रधानमन्त्री सुशीला कार्कीमाथि दबाब दिएको समाचार सार्वजनिक भएका छन् ।
यसअघि बिहीबार नै जेन–जी अभियन्ता तथा हामी नेपाल का संस्थापक सुदन गुरुङले भने गृहमन्त्री अर्यालको राजीनामा माग्दै फेसबुकमार्फत सरकारको आलोचना गरेका थिए।