Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुधन गुरुङले मागे गृहमन्त्रीको राजीनामा, काम गर्न नसके पद छोड्ने वाचा बिर्सनुभयो भन्दै प्रश्न ?

सुधन गुरुङले मागे गृहमन्त्रीको राजीनामा, काम गर्न नसके पद छोड्ने वाचा बिर्सनुभयो भन्दै प्रश्न ?

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् ।

हत्यारा र भ्रष्ट्राचारीलाई कारबाही नगरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका हुन् ।

अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको उनको आरोप छ ।

सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्– 'देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।'

दुई महिना बितिसक्दा पनि कुनै हत्यारालाई पक्रन नसकेको सुधनको जिकिर छ ।

उनले थप लेखेका छन्- 'देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसेँ । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ । किनभने मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ । अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईंबाट आशा मरिसकेको छ।'

आफूहरुले गत भदौ २३ र २४ को आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्नलाई नगरेको उनको जिकिर छ ।

साथै नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने चुनाव हुन नदिने उनको चेतावनी छ ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077