Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । गृहमन्त्रीलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मंगलबार अधिवक्ता मनिषकुमार श्रेष्ठले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले उक्त निर्णय स्वयं पढेर सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।

आफैँ सम्मिलित मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा सिफारिस गरिँदा स्वार्थ बाझिएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै रिट दर्ता भएको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक जना सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कानुनी व्यवस्था रहेको छ ।

तर, अन्तरिम सरकारको कार्यकाल सकिन लागेका बेला विभिन्न नियुक्ति गरिएको भन्दै यतिबेला प्रधानमंत्री सुशीला कार्कीको व्यापक आलोचना भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077