Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रकी डीएसपीविरुद्ध आईजीपीसमक्ष उजुरी

सशस्त्रकी डीएसपीविरुद्ध आईजीपीसमक्ष उजुरी

बुधवार , कार्तिक १९, २०८२

धादिङ । सशस्त्र प्रहरीका एक डीएसपीविरुद्ध उजुरी परेको छ । आश्रीत गुल्म धादिङकी गुल्मपति माला अवाविरुद्ध सशस्त्र प्रहरीले नै उजुरी गरेका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी केही दिनअघि उजुरी दिएको स्रोत बताउँछ । रासन भत्ता हिनामिनाका लागि ठूलो संख्यामा बिदामा खटाइएको र १–२ जना बाटोमा डिउटीमा खटाउने गरिएको उल्लेख छ ।

जबकी सशस्त्र प्रहरी पट्रोलिङमा खटिदा कम्तीमा एक सेक्सन खटिनुपर्ने हुन्छ । मनलागी बिदा छाडेपछि आधा प्रहरी नहुँदा पट्रोलिङमा १–२ जना खटाउनुपर्ने अवस्था आएको हो ।

‘गुल्मपति भएर समग्र जिल्लामा संगठनको नेतृत्व गर्ने हो कि, सानो बच्चा दिनभरी हेरेर बस्ने हो ? २४ घन्टा क्वाटरमा बसेर कसरी चल्न पुलिसिङ ?’ उजुरीमा भनिएको छ ।

मातहत कर्मचारीलाई चरम विभेद गरिएको, कुनै ब्रिफिङ नहुने तथा गुनासोको समेत सुनुवाई नभएपछि मातहतका प्रहरी आजित भएर उजुरी गरेका हुन् ।

ठूलो हाइवे रहेको जिल्लाको डिएसपी सधैं क्वार्टरमा बसेर जिल्ला चलाउन नसक्ने भन्दै उनको क्षमतामाथि प्रश्न उठाइएको छ । उनलाई नै जिल्लामा राख्दा चुनावको समयमा समस्या हुने अन्य सुरक्षा निकायले गुनासो समेत गरेका छन् ।

उनको कारण सशस्त्र प्रहरीमाथि नै अविश्वास बढ्दै गएको उजुरीमा उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077