धनगढी । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) रविन्द्र कलौनी अब सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेका छन् ।
सशस्त्र प्रहरी बल, नेपालले बुधबार सार्वजनिक गरेको अन्तिम नतिजामा उनले टप–१० भित्र स्थान सुरक्षित गरेका हुन् ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ निवासी कलौनी लामो समयदेखि सुरक्षासेवा क्षेत्रमा सक्रिय छन् ।
इन्स्पेक्टरमा पास भएपछि सामाजिक सञ्जालमार्फत उनले खुसी व्यक्त गर्दै लेखेका छन् — 'सपनाले न्याय पाएको दिन।'
उनका कान्छा भाई गोविन्द कलौनी पनि नेपाल प्रहरीमै सहायक निरीक्षक (असई) पदमा कार्यरत छन् ।
दुई भाई नै सुरक्षासेवा क्षेत्रमा योगदान दिइरहेका हुँदा स्थानीयवासीले उनीहरूको सफलता गाउँकै गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् ।