Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री र गृहमन्त्रीको आग्रह - निर्वाचनमा सुरक्षाको चिन्ता नगरौँ, लुटिएको हतियार फिर्ता हुँदैछन्

प्रधानमन्त्री र गृहमन्त्रीको आग्रह - निर्वाचनमा सुरक्षाको चिन्ता नगरौँ, लुटिएको हतियार फिर्ता हुँदैछन्

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा अविश्वास नगर्न आग्रह गरेका छन् ।

संवाद र सहमतिका माध्यमबाट सरकार निर्धारित मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको आश्वासन उनीहरूले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा दिएका हुन् ।

बालुवाटारमा करिब तीन घण्टा लामो अन्तर्क्रियामा प्रधानमन्त्री–गृहमन्त्री दुवैले राजनीतिक दल, शक्ति–समूह र आम जनतालाई विश्वास दिलाउने प्रयास गर्दै निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक तयारीको जानकारी सार्वजनिक गरे ।

प्रधानमन्त्री कार्कीले २४ भदौमा नेपाल प्रहरीका करिब १२ सय हतियार लुटिए पनि आधाजसो फिर्ता भइसकेको र बाँकी हतियारको लोकेशन पहिचान भइसकेको तथ्याङ्क पेश गरिन् ।

उनले भनिन्, 'लोकेट गरिसकिएको भएकाले बाँकी हतियार पनि फिर्ता हुनेमा हामी विश्वस्त छौं।'

कार्कीले यसैगरी निर्वाचन आयोगलाई पूर्णता दिलाउन छलफल थालिएको र प्रमुख निर्वाचन आयुक्त नियुक्तिका विषयमा कानुनी र प्रक्रियागत जटिलता भए पनि अनुभवसहितका विशेषज्ञहरूलाई आयोगमा ल्याउने प्रयास भइरहेको जानकारी दिइन्।

उनले पुराना राजनीतिक दलसँग प्रत्यक्ष छलफलका लागि आफू तयार रहेको र दलका प्रतिनिधिहरूसँग संवाद भइरहेकाले राजनीतिक सहमति निर्माण भइरहेको पनि उल्लेख गरिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077