Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५ अंकले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

५ अंकले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार ५ अंकले घटेको छ।

बजार बन्द हुँदा नेप्से ५.१७ अंकले घटेको छ। नेप्से ०.२० प्रतिशतले घटेर २५६६ बिन्दुमा परिसूचक पुगेको छ।

आज दिनभरमा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर कारोबार भएको छ। बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ।

६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको पछ। दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४८७ पटक शेयर किनबेच भएको छ। ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ।

१३ समूहमध्ये ९ समूह घटेको छ भने बाँकी ४ समूह बढेको छ। आज बजारमा हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077