Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको हतियार लुटेको आरोपमा माओवादीका विद्यार्थी नेता पक्राउ

प्रहरीको हतियार लुटेको आरोपमा माओवादीका विद्यार्थी नेता पक्राउ

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बानेश्वर प्रहरी वृत्तबाट तीन नाल हतियार लुटेको आरोपमा विद्यार्थी नेता सुजन वाइबा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वाइबालाई हतियार बोकेर हिँडिरहेको भिडियो प्रमाणको आधारमा पक्राउ गरिएको हो ।

शान्तिनगर निवासी वाइबा बानेश्वर बहुमुखी क्याम्पसका माओवादी निकट अखिल (क्रान्तिकारी)बाट स्ववियु सदस्यमा निर्वाचित विद्यार्थी नेता हुन् ।

प्रहरीका अनुसार उनी आन्दोलनका क्रममा प्रहरी वृत्तमा भएको हतियार लुटपाट प्रकरणमा प्रत्यक्ष संलग्न रहेको आशंकामा पक्राउ परेको बताइएको छ ।

प्रहरी परिसर काठमाडौंले उनीमाथि थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077