Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से ६२.२९ अंकले बढ्यो, साढे चार अर्बको कारोबार

नेप्से ६२.२९ अंकले बढ्यो, साढे चार अर्बको कारोबार

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । नेप्से परिसूचक ६२.२९ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २.४८ प्रतिशतले बढेर २,५७१.३४ विन्दुमा बन्द भएको हो ।

गत आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ९१ करोड रुपैयाँले बढेको छ । आज चार अर्ब ५७ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत आइतबार दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज २३६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १२ कम्पनीको सेयरमूल्य घटेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज पाँच कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिमालयन पावर पार्टनरको सेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ । यस कम्पनीको आज सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । आज यस कम्पनीको २४ करोड ९४ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज व्यापार समूहको परिसूचक ०.७६ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक बढ्नेमा विकास बैंक समूह छ । यस समूहको परिसूचक ४.४२ प्रतिशतले बढेको छ ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077