Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाले बर्खास्त गरेका सिपाही प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न

सेनाले बर्खास्त गरेका सिपाही प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं। जेनजी आन्दोलनमा उदण्ड मच्चाउँदै प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी, लुटपाट गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-५ धापासी कृष्ण मन्दिर बस्ने २७ वर्षीय भुवन शाही रहेका छन्।

उनलाई काठमाडौंको मीनभवन सिभिल अस्पताल अगाडिबाट सोमबार बेलुका पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

शाही बानेश्वरस्थित ग्लोबल कलेज तोडफोड, लुटपाट र आगजनीमा संलग्न भएको देखिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताए।

प्रहरीले उनी सवार बा.प्र.०२-०५८प ४१८४ नम्बरको मोटरसाइकल, वृत्त गौशालाबाट लुटियएको राइट कन्ट्रोल गियरको हातमा लगाउने एक जोर, ग्लोबल कलेजको ट्रफी, डिएसएलआर क्यामरालगायत सामग्री बरामद गरेको छ।

शाही २०७५ साल नेपाली सेनाबाट बर्खास्तमा परेका सिपाही हुन्।

नक्कली चालक अनुमति पत्र पेश गरेर सेवा प्रवेश गरेको आरोपमा सेनाले उनलाई बर्खास्त गरेको थियो। उनी २०७४ सालमा सेनामा भर्ना भएका थिए।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेजको आधारमा शाहीलाई पक्राउ गरी नयाँ बानेश्वर वृत्तको जिम्मा लगाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077