काठमाडौं । गर्भवती महिलाको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्।
चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् ।
उनीहरूले प्रहरीमाथि ढुङ्गा र इँटा समेत प्रहार गरेका छन् ।
प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।
त्यहाँ शनिबार सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।
आक्रोशित आफन्तले त्यसै बिषयलाई लिएर आइतबार पनि अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए।

अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आफन्तहरूको आरोप रहेको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।