Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गर्भवतीको मृत्यु भएपछि किष्ट अस्पतालमा आफन्तले गरे प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

गर्भवतीको मृत्यु भएपछि किष्ट अस्पतालमा आफन्तले गरे प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । अस्पतालको लापरबाहीले गर्भवतीकोको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेपछि किष्ट अस्पतालमा तनाव भएको छ ।

मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।

त्यहाँ शनिबार  सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएको थियो । आक्रोशित आफन्तले आइतबार पनि अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए।

अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आफन्तहरूको आरोप रहेको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।

अहिले अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077