Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्की छठ पूजाका लागि कमलपोखरी जाँदै

प्रधानमन्त्री कार्की छठ पूजाका लागि कमलपोखरी जाँदै

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छिन् ।

प्रधानमन्त्री कार्की दिउँसो सवा ४ बजे कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन कमलपोखरी जान लागेकी हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल छठ गुह्वेश्वरी पुगर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन् ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ ।

2

छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077