Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ग्यास बुलेटको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

ग्यास बुलेटको ठक्करबाट श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । मकवानपुरमा ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चितवनबाट मनहरीतर्फ आउँदै गरेको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको ग्यास बुलेटले ठक्कर दिएको थियो । मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपालचोकको चौताराका केदार श्रेष्ठ रहेका छन् भने उनका सरस्वती श्रेष्ठ र प्रवीन श्रेष्ठ घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका केदारलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सरस्वती र प्रवीनको भने चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

ग्यास बुलेट चालक भारत बिहार घर भएका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर आवशयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077