Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बेसिगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङगा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् ।

जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ३ जना सवार बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडी सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077