Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमनप्रताप अधिकारीलाई ‘देशद्रोही’ भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना

अमनप्रताप अधिकारीलाई ‘देशद्रोही’ भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागीका बेला संसद भवन जलिरहेको पृष्ठभूमिमा फेसबुक लाइभ गर्दै अभद्र र उत्तेजक शब्द प्रयोग गरेको भिडियो सार्वजनिक भएपछि अमनप्रताप अधिकारी विवादमा तानिएका छन्।

पूर्व फुटबल खेलाडी, कमेन्टेटर तथा कार्यक्रम उत्पादक अधिकारी जेजनी आन्दोलनका बेला देखाएको सहभागिता र उनले बोलेका शब्दका कारण विवादमा तानिएका हुन्।

जेनजी आन्दोलन बेलाको उनी आफैंले आफ्नो फेसबुकमा राखेको भिडिओ अहिले एकाएक चर्चामा आएपछि उनी विवादमा परेका हुन, जहाँ उनको प्रस्तुती र शब्द चयनका कारण आलोचना भएको देखिन्छ।

संसद् भवन जलिरहेको पृष्ठभूमि रहेको भिडिओमा अधिकारीले नेताहरुलाई अपाच्य शब्द प्रयोग गर्दै गाली गरेका छन्। त्यति मात्रै होइन, उनले ‘सकियो हेर त्यहाँ तेरो देश, सकियो तेरो राज्य...’ भन्दै आक्रोश पोखेका छन्।

भिडियोको क्याप्सनमा उनले लेखेका छन्–‘दिस इज हाउ संसद भवन वाज टेकन डाउन।’

प्रख्यात गीतकार तथा कवि दिवंगत क्षेत्रप्रताप अधिकारीका छोरा समेत रहेका उनीबाट त्यस्तो व्यवहार भएको भन्दै धेरैले उनीसँग चित्त दुखाएको देखिन्छ।

धेरैले उनलाई ‘देशद्रोही’ भन्दै सामाजिक सञ्जालमा तिखो आलोचना समेत गरेका छन्।

अमनप्रताप अधिकारी नेपालका पूर्व ए डिभिजन फुटबल खेलाडी हुन्। खेल जीवनपछि उनी कमेन्टेटर र टेलिभिजन प्रस्तोता बने। पछिल्ला वर्षमा उनले ‘हिमालयन रोडिज’ लगायतका रियालिटी शो सञ्चालन गरेका थिए।

पूरानो भिडिओ एकाएक चर्चामा आएर आफ्नो आलोचना हुँदासम्म पनि उननले यसप्रति अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। उनी ‘द पोयट आइडल’का उनी परिकल्पनाकार र निर्देशक पनि हुन्।

जेनजी आन्दोलनका नाममा चलिरहेको विरोध प्रदर्शनलाई समर्थन गर्दै अधिकारीले यसअघि पनि सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै आएका थिए। तर, संसद भवनमा आगजनीका बेला गरिएको उनको भिडियो र भाषाशैलीले सार्वजनिक छवि र सांस्कृतिक भूमिकासँग असंगत प्रतिक्रिया सिर्जना गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077