Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माइतीघर बालेन, सुदन र गृहमन्त्रीका समर्थकको मात्र होइन: शंकर पोखरेल

माइतीघर बालेन, सुदन र गृहमन्त्रीका समर्थकको मात्र होइन: शंकर पोखरेल

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डला एक पक्षको मात्रै बनाइएको आरोप लगाएका छन् ।

उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव पोखरेलले भनेका छन्- 'माईतिघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन । सबैका लागि हो । बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो ।'

राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आम मानिसले प्रयोग गर्ने माइतीघर मण्डला सबैको भएको बताउँदै पोखरेलले अन्य पक्षलाई निषेध गर्नु कानुनी सिद्धान्तको उपहास भएको बताएका छन् ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077