Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकर पोखरेललाई गृहमन्त्रीको चेतावनी - जिम्मेवार व्यक्ति हावादारी नबन्नुहोस्

शंकर पोखरेललाई गृहमन्त्रीको चेतावनी - जिम्मेवार व्यक्ति हावादारी नबन्नुहोस्

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई गृहमन्त्री ओमप्रकाश अर्यालले हावादारी कुरा नगर्न चेतावनी दिएका छन् ।

महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हिंसा, तोडफोड र आगजनीमा संलग्नलाई प्रहरीले कारबाही गर्न खोज्दा रोकेको आरोप लगाएपछि गृहमन्त्री अर्यालले यस्तो चेतावनी दिएका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्रीको प्रयोग गरेर विध्वंसमा संलग्नहरूलाई जोगाउन खोजेको दाबी गरेका थिए ।

उनले लेखेका थिए, “२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो। दोषी जोसुकै हुन्, कानुनअनुसार कारबाही हुनैपर्छ। विध्वंसमा संलग्नहरूलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीको प्रयास हास्यास्पद छ।”

पोखरेलले प्रहरीलाई स्वतन्त्र रूपमा अनुसन्धान र अभियोजन गर्न छुट दिन माग गर्दै, एमालेको पूर्ण सहयोग रहने बताएका थिए।तर, उक्त अभिव्यक्तिपछि गृहमन्त्री अर्यालले फेसबुकमै ती आरोपहरूलाई “हावादारी र तथ्यहीन” भन्दै तीव्र आपत्ति जनाए ।

उनले लेखेका छन्, “प्रिय शंकरजी, मेरो कर्तव्य पालनाको विषयमा यसरी तथ्यहीन कुरा नगर्नुस् है। मैले सत्यतथ्य कुरा सार्वजनिक रूपमा बताइसकेको छु, तपाईंलाई पनि भनिसकेको छु। अनि फेरि उही झुट किन दोहोर्‍याउनु हुन्छ ? पार्टी महासचिवजस्तो जिम्मेवार व्यक्तिले यति धेरै हावादारी नबन्नुहोस्।”

गृहमन्त्री अर्यालले अझ थप्दै भने, “समाजमा हावादारी र गफाडी भँडुवाहरूको कमी छैन, तर तपाईं जस्तो जिम्मेवार नेता किन त्यसको सूचीमा थपिनुहुन्छ ?”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077