Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नहरमा डुबेर दिदीबहिनीसहित ३ बालबालिकाको मृत्यु

नहरमा डुबेर दिदीबहिनीसहित ३ बालबालिकाको मृत्यु

शुक्रवार , कार्तिक ७, २०८२

कैलाली । कैलालीमा नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको मृत्यु गएको छ ।

जिल्लाको जानकी गाउँपालिका-५ पथरैया गुजरुवास्थित सातबिघा नजिकै रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीनजना बालिकाको ज्यान गएको हो ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका-१ ब्लक नम्बर १५ का जुम्ल्याहा दिदीबहिनी निशा बजगाईं र मानुषी बजगाईं तथा जानकी गाउँपालिका-५, गुजरुवाकी सुलोचना तिमिल्सैना रहेका छन् ।

निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका-१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए ।

तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077