Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । मुगुबाट सुर्खेत आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा-५ खल्लागाडमा यात्रुवाहक जिप दुर्घटना भएको हो ।

जीप दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रशाशन कार्यलय कालीकोटले जनाएको छ।

दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए ।

उनका अनुसार जीपमा १० जना सवार थिए । घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनाको कारण भने यकिन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077