Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नयाँ नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

बुधवार , कार्तिक ५, २०८२

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अगाडि बढाउने बताएकी छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आज आयोजित शंघधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा कार्कीले यस विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरेकी छन्।

सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयले सरकार यस संवतको संवर्द्धन, प्रवद्र्धन र व्यावहारिक रुपमा लागु गर्न तत्पर रहेको स्पष्ट भएको प्रधानमन्त्री कार्कीको भनाइ छ।

सरकारी कार्यालयमा नेपाल संवतको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै यसको अनुगमनका लागि प्रतिष्ठानसँग सहकार्य गर्ने उनले बताइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077