Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीलाई चेतावनी दिँदै सूर्य थापाले भने - धाकधम्की होइन, शान्ति सुरक्षा कायम गर्न लाग्नु भाइ

गृहमन्त्रीलाई चेतावनी दिँदै सूर्य थापाले भने - धाकधम्की होइन, शान्ति सुरक्षा कायम गर्न लाग्नु भाइ

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले गृहमन्त्री ओमप्रकाश अर्याललाई बकबक नगर्न चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीले कानून र न्यायको शासन होइन, ‘कंगारू कोर्ट’ शैलीमा कथित जाँचबुझ आयोग दुरुपयोग गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, 'गृहमन्त्री ओपीले रूल अफ ल होइन, कंगारू कोर्टका रूपमा कथित जाँचबुझ आयोगलाई दुरुपयोग गर्न खोजेको तथ्य स्पष्ट छ ।'

उनका अनुसार नेकपा एमालेले उक्त आयोगलाई पूर्वाग्रही र पक्षपाती ठहर गर्दै पहिले नै सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारको ध्यानाकर्षण गराइसकेको छ।

नेता थापाले गृहमन्त्रीलाई कटाक्ष गर्दै भनेका छन्, 'वाहियात कुतर्क र स्टन्टबाजी नगरेको राम्रो हुन्छ। धाक, धम्की र जथाभावी बोल्ने होइन, शान्ति–सुरक्षा कायम गर्न लाग्नु भाइ ।'

उनले सरकार र गृहमन्त्रीको प्राथमिक जिम्मेवारी देशको सुरक्षा स्थिति सुधार गर्नु र जनविश्वास पुनःस्थापना गर्नु रहेको उल्लेख गर्दै सरकारको निष्क्रियता प्रति असन्तुष्टि प्रकट गरे ।

थापाले हालैको हिंसात्मक आन्दोलनका क्रममा १२०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएको स्मरण गर्दै त्यसको जिम्मेवारी सरकारकै भएको बताए।

उनले भने, '१२०० लुटिएका हतियार र एक लाख गोली खोजेर सरकारको नियन्त्रणमा लिएको जानकारी गराएपछि मात्र गृहमन्त्रीको जागिर खाएको औचित्य मान्य हुन्छ।'

उनका अनुसार, देशमा शान्ति–सुरक्षा कमजोर भएको, अपराधीहरू सक्रिय रहँदा गृहमन्त्रीले राजनीतिक प्रतिवाद र प्रचारमा समय खर्चिनु गैरजिम्मेवार व्यवहार हो।

थापाले गृहमन्त्रीले जाँचबुझ आयोगको नाममा गरिरहेको टिप्पणीलाई असंवेदनशील र अलोकतान्त्रिक ठहर गर्दै भने, 'जाँचबुझ आयोगबारे गृहमन्त्री बकबक गरेको किमार्थ शोभनीय छैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077