Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् ।

आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ ।

उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् ।

प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077