Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।

शनिबार बस्ने भनिएको बैठक पार्टीका पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण कात्तिक १३ सम्मका लागि स्थगित भएको हो ।

पार्टीको १५ औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमा बैठकमा विवाद चर्केको थियो । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित संस्थापन पक्षकै कतिपय नेतासमेत मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका थिए ।

तर, संस्थापनपक्षका पूर्व पदाधिकारीले मंसिरमै महाधिवेशन गराउन नचाहेकाले महामन्त्री थापाले मंसिरकै लागि गृहकार्य गरेको महाविधेशनको तालिका समेत केन्द्रीय कार्यसमितिको बैठकमा ल्याउन सकेका छैनन् ।

उनले मंसिर २७–२९ गते १५ औं महाधिवेशनको तालिका सार्वजनिक गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077